Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – महिला विश्वकप क्रिकेटको एसियाली छनौट प्रतियोगितामा नेपालले आइतबार हङकङसँग खेल्दैछ । खेल बिहान पौने १२ बजे हङकङको मिसन रोड मैदानमा सुरु हुनेछ ।

नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले सम्हालेकी छिन् भने राजु बस्न्यात प्रशिक्षक हुन् । प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ । प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई हरेक खेल जित्नैपर्ने दबाब छ ।

तर पछिल्लो समय प्रतियोगिता तथा अभ्यासको अभावमा नेपाली टिमको प्रदर्शन निराशाजनक छ । नेपालले पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा भाग लिएपछि कुनै प्रतियोगिता खेलेको छैन । नेपाली टोली एक महिनाको प्रशिक्षण लिएर प्रतियोगिता खेल्न हङकङ पुगेको हो ।

तपाईको प्रतिक्रिया