Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

यमन – यमनमा आफन्तको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसलाई लक्षित गरी भएको हवाई आक्रमणमा परि एक सय ४० जनाको ज्यान गएको छ ।

राजधानी सानामा अन्तिम संस्कारका लागि जम्मा भएका मानिसको समूहमा आक्रमण हुँदा घाइते हुनेको संख्या पाँच सय भन्दा धेरै रहेको संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बताएका छन् । संयुक्त राष्ट्रसंघले आक्रमण भीषण र डरलाग्दो भएको भन्दै निन्दा गरेको छ ।

हुथी बिद्रोहीले चलाएको सरकारले साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको बताएको छ । यमनमा दुई समानान्तर सरकार छन् ।

हुथी बिद्रोही नेतृत्वका सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन भने अर्को अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार छ । हुथी बिद्रोही नेतृत्वको सरकारका गृह मन्त्रीका बुवाको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसको समूहमा आक्रमण भएको हो ।

साउदी नेतृत्वको गठबन्धन सेनाले भने आफूले आक्रमण नगरेको बताएको छ । यमनमा सन् २०१४ देखि सुरु भएको संघर्षको क्रममा अहिलेसम्म हजारौं नागरिकको ज्यान गइसकेको छ । घटनाको विषयमा तत्काल छानबिन गर्न राष्ट्रसंघले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया