Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

भारत – भारतले पाकिस्तानसँगको सीमा पूर्ण रुपमा बन्द गर्ने भएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानसँगको सीमा सन् २०१८ सम्म पूर्ण रुपमा बन्द गर्ने बताउनुभएको हो ।

dd

राजस्थान, पञ्जाब, जम्मु–काश्मिर तथा गुजरातको सुरक्षा व्यवस्थाको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । भारतीय गृहमन्त्री सिंहले पाकिस्तानसँगको सीमा पूर्ण रुपमा बन्द गर्ने बताएपनि भौगोलिक अवस्थाले गर्दा अधिकांश ठाउँमा पर्खाल वा तारबार गर्न सक्ने अवस्था नरहेको विशेषज्ञले बताएका छन् ।

काश्मिरमा पछिल्लो समय बढ्दै गएको हिंसात्मक गतिविधिका कारण भारत र पाकिस्तानबिचको सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

प्रहरीको गोली लागेर काश्मिरमा एक बालकको मृत्यु

यसैबिच भारत प्रशासित काश्मिरमा प्रहरीको गोली लागेर एक बालकको ज्यान गएको छ । शुक्रबार प्रहरीले चलाएको गोली लागेर घाइते भएका १२ वर्षका जुनैद अहमदको उपचारको क्रममा शनिबार ज्यान गएको हो ।

जुनैदको टाउको र छातीमा प्यालेट गोली लागेको थियो । श्रीनगरको सैदपोरा डाउनटाउनका जुनेदको ज्यान गएसँगै काश्मिरमा पछिल्लो तीन महिनामा ज्यान जानेको संख्या ९१ पुगेको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भएका बेला घरको गेट नजिक उभिएका जुनैदलाई गोली लागेको थियो ।

तपाईको प्रतिक्रिया