Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – १४ दिनअघि पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेसहित त्रिशूली नदीमा हराइरहेका मोहन घिमिरेको शव फेला परेको छ ।

प्रहरीका अनुसार देवघाटभन्दा केही माथि दुर्घटना भएको ठाउँभन्दा २७ किलोमिटर टाढा दासढुंगा नजिक घुमाउने भन्ने ठाउँमा घिमिरेको शव फेला परेको हो । उहाँ माधवका काकाका छोरा हुन् ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापनका डिएसपी राजु श्रेष्ठका अनुसार स्थानीयले देखेको सो शवमा रहेको मोहन घिमिरेको चालक अनुमति पत्र (लाइसेन्स) सँगै भेटिएकोले शव चिनिएको हो ।

नारायणगढबाट सशस्त्र प्रहरीका तथा नेपाल प्रहरीका एक एक प्रहरी निरिक्षक घटनास्थल तर्फ प्रस्थान गरिसकेको तथा लास चाँडै काठमाण्डौ ल्याइने पनि स्रोतले बताएको छ । प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार हराइरहेका अन्यको खोजी जारी छ ।

असोज ९ गते आइतबार त्रिशूलीमा खसेको जिपमा पूर्व गृहमन्त्री घिमिरेसहित अन्य दुईजना अझै हराइरहेका छन् ।  मुक्तिनाथबाट फर्किंदै गर्दा मुग्लिनबाट काठमाडौंतर्फ आउने क्रममा जिप सडकबाट नदीमा खसेको थियो । जिप अहिलेसम्म फेला परेको छैन ।

तपाईको प्रतिक्रिया