Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ ।

महासङ्घले आज सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको सङ्ख्या दैनिक करिब एक लाख पुग्ने अनुमान गरेर सो सङ्ख्यामा गाडी थप गरेको हो ।

दसैँका अवधिमा करिब २० लाख सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएकामा अहिलेसम्म करिब १६ लाख बाहिरिएको महासङ्घले जनाएको छ ।

महासङ्घका कावा अध्यक्ष डोलनाथ खनालले सामान्य अवस्थामा भन्दा अहिले गाडी चढ्ने यात्रुको चाप बढेका कारण थप गरिएको जानकारी दिँदै दसैँका लागि सबै गाडीले ओहोरदोहोर ३५÷३६ हजार ट्रिप गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

महासङ्घले टिकटको समस्या नरहेको जनाए पनि बल्खु, कलङ्की, बालाजु बाइपास, कोटेश्वरलगायत नाकामा घर जान हिँडेका यात्रुको चहलपहल छ । उनीहरुले सजिलै टिकट प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया