Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

मोरङ – यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिनमात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिनमात्र बन्द हुने भएको हो ।

सर्वसाधारणको सहजताका लागि यही असोज २४ र २५ गतेमात्र बन्द हुने र टीकाको भोलिपल्टदेखि कार्यालय सन्चालनमा आउने कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु ६ करोडको राजस्व संकलन गर्दै आएको छ ।

बन्दका समयमा पनि उद्योगी–व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएकोे बस्नेतको भनाइ छ ।

तपाईको प्रतिक्रिया