Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

टोकियो – विजयादशमी, दिपावली तथा छठको अवसरमा जापानमा बृहत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाली जनप्रगतिशील मञ्च टोकियो क्षेत्रिय कमिटीको आयोजनामा अक्टोबर १० तारिख टोकियो रोधीक्लब सिनओकुबोमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

जापानस्थित संघसंस्था, राजनीतिक पार्टी तथा नागरिक समाजका प्रतिनिधीहरुको उपस्थिति रहने कार्यक्रममा स्थानिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन ।

नेपालीहरुको महान पर्वमा विदेशमा रहेर पनि खल्लो महसुस नहोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली जनप्रगतिशील मञ्च टोकियो क्षेत्रिय कमिटीका अध्यक्ष सम्पूर्ण अधिकारीले बताउनुभयो ।

सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाई दिन जापानबासी नेपालीहरुलाई आयोजक संस्थाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया