Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

पाल्पा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी भएको बताउनुभएको छ ।

नेपाल तरुण दल क्षेत्र नं– १ ले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधान लागू गर्नका लागि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्नेमा जोडदिनुभयो ।

नेता पौडेलले संविधानले सबै जातजातीको हक अधिकारलाई सुरक्षित गरेको बताउँदै मधेसी दलको केही मुद्दालाई संविधानमा संशोधन गर्नुपर्दछ भन्नुभयो ।  दलित, महिला, मजदुरलाई अधिकार दिने काम काँग्रेसले गरेको बताउँदै उहाँले हतियारको राजनीति होइन काँग्रेसले सदैव विचारको राजनीति गर्दै आएको छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया