Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महत एसिया कोअपरेसन डाइलग (एसिडी)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आज थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । यही असोज २२ देखि २४ गते बैंककमा हुने सम्मेलनमा नेपालबाट मन्त्री महतसहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

मन्त्री डा महतसँगै परराष्ट्र सचिव शङ्करदास बैरागी, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराईलगायत सम्मेलनमा सहभागी हुनेछन् ।
‘एक एसिया, विविध बल’ विषयक सो सम्मेलनमा मन्त्री डा महतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकास साझेदारका विषयमा पनि छलफल भई बैंकक घोषणापत्र जारी गरिने छ ।

एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसिडी स्थापना भएको हो । नेपाल एसिडीको ३४औँँ सदस्य राष्ट्र हो । मन्त्री डा महत यही असोज २५ गते स्वदेश फर्कनुहुुनेछ ।

तपाईको प्रतिक्रिया