Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

महोत्तरी – महोत्तरीको रातो खोला बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काम गर्दै आएका बर्दिबास नगरपालिका-२ मुसहर बस्तीका बालबालिका विद्यालय जान थालेका छन् ।

dhurmus

ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकले बुझेपछि उनीहरुलाई स्कुल पठाउन थालेका हुन् ।

धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका हुन् । ६० घरपरिवारका ३ सय ७५ जनाको बसोबास रहेको बस्तीका ६४ बालबालिका जनता उच्च माध्यमिक विद्यालयमा पढ्न जान थालेका छन् ।

विद्यालयकाअनुसार, शिशु कक्षामा २४, कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा ६ जना बालबालिका धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् । बस्तीमा शिक्षाप्रतिको चेतनाले बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाई अभियानमा पनि जुटेका छन् ।

हाँस्य कालाकार धुर्मुस सुन्तली फाउन्डेसनले मुसहरबस्तीको दयनीय अवस्था सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

फाउन्डेसनको अगुवाइमा बर्दिबास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिबास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहर बस्तीको सुधारका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा लाग्न उत्प्रेरित गरेका छन् । बर्दिबास नगरपालिकाले मुसहर बस्तीका बालबालिकाको अध्ययन आध्यापनमा सहजताका लागि रु सात लाखको लागतमा सामुदायिक भवनसमेत निर्माण गरिदिएको छ ।

जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र सामाजिक सङ्घसंस्था मुसहर बस्तीको शिक्षास्तर उकास्न गम्भीर बनेकाले मुसहर बालबालिकाको उपस्थितिले विद्यार्थीको संख्या उल्लेख्य भएको बताउनुभयो । दुई लाख ३४ हजार ४ सय ९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत साक्षर भएकामा महिला साक्षरताको संख्या भने निकै कम छ ।

तपाईको प्रतिक्रिया