Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – बालकको तुलनामा बालिकाले पैसा नआउने घरायसी काममा बढी समय बिताउने गरेको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युनिसेफले गरेको नयाँ अध्ययन अनुसार विश्वभरमा बालकको तुलनामा बालिकाले ४० प्रतिशत बढी समय बिताउने गरेको उल्लेख छ ।

bal

घरायसी काम गर्ने बालिका मध्ये धेरैले खाना पकाउने, घर सफा गर्ने, पानी तथा दाउरा ल्याउने गरेका छन् । युनिसेफका अनुसार तीनमा दुई बालिकाले खाना पकाउने तथा घर सफा गर्ने काम गर्छन् भने आधा बालिकाले पानी वा दाउरा ल्याउने गर्छन् । यस्तै बालिकाले भाइबहिही हेर्ने काम पनि बढी गर्ने गरेका छन् । यस्तो कामका लागि उनीहरुलाई कुनै पारिश्रमिक दिइँदैन भने यसलाई कामको रुपमा लिइँदैन ।

पाँचदेखि ९ वर्षका बालिकाले ३० प्रतिशत तथा १० देखि १४ वर्षसम्मकाले ५० प्रतिशत समय घरायसी काममा खर्चिने गरेको छन् । पानी तथा दाउरा जाँदा बालिकामाथि यौन हिंसाको खतरा पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।

सोमालियाका बालिकाले सबै भन्दा धेरै घरायसी काम गर्नु पर्छ । त्यहाँका १० देखि १४ वर्षका बालिकाले हप्ताको २६ घण्टा घरायसी काममा बिताउँछन् । यस्तै बुर्किना फासो र यमनका  बालिकाले पनि बढी समय घरायसी काम गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया