काठमाडौं – धादिङको खत्रीपौवामा दुईवटा ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको छ । नागढुंगादेखि खानीखोलासम्म नै जाम भएको ट्राफिक प्रहरीले जनाएकोे छ ।
दसैँका लागि घर हिडेका हजारौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन् । गाडी बनेपछि मात्र बाटो खेल्ने भएकाले जाम बढेको धादिङ प्रहरीले जनाएको छ । बाटोका कारण दसैँको यात्रा कष्टकर बनेको यात्रुले गुनासो गरेका छन् ।