Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – एउटा कर्मचारी २ वर्षसम्म एउटै कार्यालयमा काम गर्न पाउने व्यवस्था भए पनि तिलोत्तमा नगरपालिकामा २ वर्षमा ९ जना कार्यकारी अधिकृत फेरिएका छन् ।

कार्यालय प्रमुखहरु समयावधी नहुँदै फेरिँदा जनताले पाउने सुविधा तथा विकास निर्माणका काम प्रभावित बनेको नगरवासीले गुनासो गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । २०७१ वैशाख २५ गते घोषणा भएको तिलोत्तमा नगरपालिकामा दुई वर्षमै यति धेरै कार्यकारी अधिृकत फेरिएका हुन् ।

नगरपालिका घोषणा हुनासाथस्थानीय विका मन्त्रालयले जिल्ला विकास समिति रुपन्देशीका योजना अधिकृत राजेन्द्रनाथ शर्मालाई कार्यकारी अधिकृत तोकेको थियो । तर, उनी ६ महिना पनि बस्न नपाउँदै मन्त्रालयले पुन जिविसमै फिर्ता गर्यो र ज्ञानराज पाण्डेलाई कार्यकारी अधिकृत नियुक्त गरियो ।

तपाईको प्रतिक्रिया