Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

पर्सा  –  वीरगञ्ज चिनी कारखानाको आवास क्षेत्र भित्र बिहीबार बिहान ९ वर्षका बालकको शव फेला परेको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नं १६ को राधेमाइका बिनोद पटेलका ८ वर्षका छोरा राजनको शव फेला परेको हो ।

उनको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको र शरीरमा समेत चोट रहेको हुँदा हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ ।

उनले खेल्नको लागि मेलाबाट खरिद गरेका खेलौना घटनास्थलमा फेला परेको छ । उनको शव भएको भन्दा ८० मिटर पूर्व उनको चप्पल फेला परेको प्रहरीले जनाएको छ । उनले लगाएको हाफ प्यान्ट भने फेला नपरेको उनका काका बृजकिशोर पटेलले बताउनु भयो ।

शवको पोस्र्टमार्टम गरि अन्तिम संस्कारकालागि पुख्र्यौली घर पर्सा जिल्लाको रामनगरी गाविस लगिएको छ । बुधबार बेलुका ६ बजे घरबाट मेला हेर्न भनेर निस्केका राजन अवेर रातिसम्म घरमा नआएपछि उनका काका बृजकिशोर पटेलले राती ११ बजे नजिकै रहेको वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए ।

बिहान आवास क्षेत्र नजिक शौच गर्न गएकाहरुले शव देखेर प्रहरीलाई खबर गरेका हुन्  । रिसिबीका कारण बालकको हत्या गरि फालिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना बारे अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीका प्रबक्ता डिएसपी चक्रराज जोशीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया