Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – सरकारले प्यूठानका पहिरो प्रभावितलाई थप १५ हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रमाणित गरेका परिवारलाई दसैँको अवसरमा थप आर्थिक सहायता दिने निर्णय गरेको हो ।

पहिरो प्रभावित परिवारलाई यसअघि पनि १० हजार रुपैयाँ आर्थिक सहयोग दिइएको छ । यस्तै मन्त्रीपरिषदको बैठकले निजामति सेवाका सचिव तथा सहसचिवको कार्यक्षमताको मूल्यांकन गर्ने समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले दसँै तथा तिहारको समयमा वन विनाश हुने भएकाले वन मन्त्रालयबाटै तलब खुवाउने गरी वनपालेलाई काममा लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कार्यरत ४ सय ५० जना वनपालेलाई काममा लगाउने र लोकसेवाको परामर्श लिएर पछि प्रक्रियामा लैजाने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया