Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपालका लागि भारतीय राजदूत रणजित रायले पछिल्लो समय नेपाल र भारत दुबैतर्फबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ मोडमा पुगेको बताउनुभएको छ ।

ranjit-rae-555x335

बुधबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा राजदूत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभएको हो । ‘पछिल्ला उच्चस्तरीय भ्रमणले द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नको लागि उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, अहिले भैरहेका द्धिपक्षीय भ्रमण केवल शिष्टाचारको लागि मात्रै होइनन्, यो त ठूलो उपलब्धि हो ।’

उहाँले पछिल्लो समय भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गरेको र नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गरेको उल्लेख गर्दै भन्नुभयो, ‘सायद यस्तो प्रकारको उच्चस्तरीय भ्रमण विश्वमै कहीँपनि भएको छैन ।’

उहाँले तिहारको भाइटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने पनि जानकारी दिनुभयो । २१ औं शताब्दीमा नेपाल र भारत दुबै देशको एउटै उद्देश्य रहेको उल्लेख गर्दै राजदूत रायले भन्नुभयो, ‘हामी दुबै देशको एउटै उद्देश्य छ, त्यो भनेको आर्थिक समृद्धि नै हो, यसको लागि धेरै प्रयास र प्रयत्न गर्नुपर्छ, त्यति सजिलै यो उद्देश्य हासिल हुँदैन्, त्यसको लागि हामीले रफ्तार बढाउनुपर्छ ।’

नेपालसँग भारतले थुपै्र सम्भावित प्रोजेक्टहरु पहिचान गरेका भन्दै उहाँले भन्नुभयो,  ‘हाईड्रोपावर, भौतिक पूर्वाधार, व्यापार तथा लगानीसँग सम्बन्धित विषयहरु छन्, यी प्रोजेक्हरुलाई कसरी अघि बढाउने भन्नेमा हामी गम्भीर छौं ।’ राजदूत रायले हालै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेलामा समेत हाईड्रोपावरको विकास र भारतसँग भएको पिटीएको बारेमा गम्भीर छलफल भएको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया