Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अगाडि बढाउँदा देशलाई हिन्दु राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

पार्टीको चन्द्रागिरि नगर कमिटीले दसैँ, नेपाल संवत, तिहार, छठलगायत पर्वका अवसरमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले करिब ८२ प्रतिशत जनता हिन्दु धर्मावलम्बी भएको मुलुकमा उनीहरूको भावनाअनुसार हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्ने बताउनुभयो ।

थापाले देशमा बसोबास गर्ने सबै जाति समुदायका पर्व तथा संस्कृतिलाई सबैले स्वीकार्ने परम्पराले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया