Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

गोरखा – तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो । पहिरोमा यात्रुवाहक, मालवाहक गाडी परे/नपरेको यकिन भइसकेको छैन । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन तीनवटा डोजर परिचालन भइरहेको छ । पहिरोले सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा लामो सवारी चाप परेको छ ।

पहिरोले पोखरा र गोरखा क्षेत्रको आवतजावत ठप्प हुँदा यात्रु अलपत्र भएका छन् । पहिरो खुलाउन कम्तीमा चार घण्टा लाग्ने श्रेष्ठले बताउनुभयो । पहिरोले करिब २०० मिटर सडक अवरुद्ध बनाएको हो ।

तपाईको प्रतिक्रिया