Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – दसैँका लागि नयाँ नोट साट्नेको बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा भीड लागेको छ । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको हो । 02102016015505dashai7-1000x0

बैंकका नोट व्यवस्थापन विभाग प्रमुख भुवन कँडेलले पैसा साट्न चाहने सर्वसाधारण तथा सेवाग्राहीको मागअनुसार सटही भइरहेको जानकारी दिँदै सेवाग्राहीको एकैचोटि चाप बढेपछि भीड व्यवस्थापनमा केही समस्या आएको स्वीकार्नुभयो । उहाँका अनुसार दैनिक करिब तीन हजार सेवाग्राहीले नोट सटही गरेका छन्, अहिलेसम्म करिब रु ३५ करोड सटही भइसकेको छ । सरकारी तथा अन्य कार्यालयबाट पत्र लिएर जाने कर्मचारीलाई छिटोछरितो आवश्यकताअनुसार रकम सटही भएको छ ।

पैसा साट्न भनी बिहान ७ बजेदेखि आएर लाइन बसेका दिवाकर देवकोटाले करिब तीन घन्टा लाइन बसेर पैसा साटेको जानकारी दिनुभयो । बैंकले प्रतिव्यक्तिलाई अधिकतम ३७ हजारसम्मको सटही सुविधा उपलब्ध गराएको जनाएको छ । राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकका साथै अन्य बैंकलाई पनि पैसा साट्न रकम पठाइसकेको जनाइएको छ ।

बैंकले सर्वसाधारणलाई दसैँमा टीका लगाएपछि अबिरसहितको रातो हातले पैसाको प्रयोग नगर्न आग्रह समेत गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया