Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – आज बडा दशैंको पाँचौँ दिन देवीको पाँचौँ रूप स्कन्दमाताको पूजाआजा गरिँदै छ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रूपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ ।

शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेँलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फुल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।

नवरात्रका अन्य दिनझैं देवी भक्तिका लागि आज भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भएर पुजाआजा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया