Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – व्यवस्थापिका संसद बैठक आज बस्ने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ४ वटा विद्येयकमा छलफल हुने संसद सचिवालका सहप्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले रानीतिक दल सम्बन्धी विद्येयक २०७३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुने भएको छ ।

बैठकमा राजनीतिक दलसम्बन्धी विद्येयक, मतदान नामावली विद्येयक, निर्वाचन आयोग विद्येयक २०७३ र सहकारी तथा गरिबी निवारण मन्त्री हुदयराम थामीले सहकारी विद्येयक २०७३ प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

त्यस्तै बैठकमा वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले बन (दोस्रो संसोधन) विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७३ पेश गर्ने कार्यतालिका रहेको छ ।

यसैबीच— आजको बैठकमा सबै विषयमा छलफल भएमा संसद्को बैठक बढीमा १५ दिनसम्म स्थगित गर्ने तयारी गरिएको छ । दसैंका अबसरमा सांसदहरु काठमाडौं बाहिर जानुपर्ने भएकाले आजको बैठक पछि स्थगित गर्ने तयारी गरिएको जनाइएको छ । विद्येयकमाथि छलफल नसकिएमा २१ गतेसम्म संसद् चलाउन सकिने संसद सचिवालले जनाएको छ ।

तपाईको प्रतिक्रिया