Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – चाडबाडको मौका छोपेर काठमाडौं उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ ।

दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन् ।

घटस्थापनापछि बजारमा किनमेलका लागि सवारी पाउन नसकिने र पाइए पनि चढ्न नसकिने कलङ्कीबाट दसैँका सामान लिन भृकुटीमण्डप बजारमा आउनुभएका रामसुन्दर श्रेष्ठले बताउनुभयो ।

“तीन किलोमिटरको दूरीमा पनि गाडी पाउन मुस्किल छ, बल्लबल्ल आउने गाडी पनि भीडले चढ्न नसकिने हुन्छ, छोटो दूरीको यो रुटमा यसअघि पनि तोकिएभन्दा बढी अर्थात् १५ रुपैयाँ भाडा लिन्थे, अहिले दसैँ सुरु भयो भन्दै २० रुपैयाँ लिन थालेछन्” उहाँले भन्नुभयो ।

जोरपाटी–रत्नपार्क रुटमा चल्ने बा२ख ७१९८ नम्बरको सिटी यातायातको यात्रुबाहक बसले बौद्धबाट रत्नपार्कसम्म ३० रुपैयाँ भाडा असुलेको पीडित यात्रु अनिता बस्नेतले दुखेसो पोख्नुभयो । विभागले यो रुटमा १८ रुपैयाँ भाडा तोकेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी उपत्यकामा चल्ने ठूला सवारी लामो दूरीमा चलेकाले केही कम सवारी सडकमा गुडेको स्वीकार्नुहुन्छ ।

“सवारी कम भएपछि दसैँ सुरु भएको बहानामा बढी भाडा लिएका छन् भने ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर जानकारी गराए कारबाही हुन्छ, विभागले तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया