Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – अफगानिस्ताको काबुलमा तालिवानी आतंककारी हमलामा परेर ज्यान गुमाएकाका आफन्त र घाइतेहरुले सरकारले अहिलेसम्म क्षतिपूर्ति दिलाउनका लागि चासो नदेखाएको आरोप लगाएका छन् ।

kabul-attack-victims

सोमबार रिपोर्टर्स क्लबमा मृतकका आफन्त र घाइतेले पत्रकार सम्मेलन गरेर सरकारले वास्ता नगरेको बताएका हुन् । घाइते अमृत रोका क्षेत्रीले आफूहरुका लागि सरकारले अहिलेसम्म कुनै ठोस पहल नगरेको गुनासो गर्नुभयो ‘हामी क्यानडा सरकारको लागि काम गर्दा घाइते भयौं, कति साथीहरु बित्नुभयो, तर क्यानडा सरकारसँग क्षतिपूर्ति दिलाउने कुरामा सरकारले अहिलेसम्म ठोस पहल लिएन, हामीलाई निकै दुःख लागेको छ’ उहाँले भन्नुभयो ।

घटनामा निधन भएकालाई ब्रिटिश कम्पनीले पनि मात्रै ३० हजार डलर दिएको र घाइतेहरुलाई तीन महिनामात्रै उपचार गरेर छाडिदिएको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार उक्त व्रिटिश कम्पनीसँग सन् २०११ मा कामको शिलशिलामा निधन भएमा ३ लाख डलर प्रदान गर्नेबारेमा सम्झौता गरेको थियो । उहाँले भन्नुभयो, ‘तर अहिले आएर ३० हजार डलर दिएर खाली पत्रमा कृत्रिम हस्ताक्षर गरी उचित क्षतिपूर्ति नदिने प्रपञ्च रचिरहेको छ ।’ उहाँका अनुसार अहिलेपनि घाइतेहरुको अवस्था चिन्ताजनक नै रहेको छ ।

त्यस्तै घटनाका घाइते मोहन बहादुर थापाले पनि उचित क्षतिपूर्ति र थप ९० दिन उपचार गर्नुपर्ने माग गर्नुभयो

कार्यक्रममा मृत्तक विदुर सुवेदीकी श्रीमती गंगा सुवदीले पनि ३० हजार डलरले मात्रै नपुग्ने बताउँदै क्षतिपूर्तिको रकम थप गर्नुपर्ने बताउनुभयो । ‘नेपाल सरकारले हामीलाई कुनै राम्रो व्यवहार नै गरेन, हामीलाई पीडामाथि झन पीडा थप्ने काम गरेको छ, कहिले यहाँ जानुहोस् भन्छन्, त कहिले उहाँ जानु भन्छन् तर काम केही गर्दैनन्, हामी धाएकै पनि तीन महिना भैसक्यो ।’

त्यस्तै कार्यक्रममा क्यानडा मामिलासम्बन्धी प्रमुख दिपकमोहन भट्टराईले मृत्तकका आफन्तलाई र घाइतेहरुलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने विश्वास दिलाउनुभयो । ‘क्यानडा सरकारलाई आग्रह गर्दापनि बेवास्ता गरे, हामी क्यानडामै कानुनी लडाई लड्छौं, पीडितलाई न्याय दिलाएरै छाड्छौं ।’ उहाँका अनुसार क्यानडाको सत्तारुढ दल लिवरल पार्टीका प्रभावशाली नेता बब रेले निःशुल्क कानुनी लडाई लड्ने व्यवस्था गर्नेबारेमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया