Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

बिराटनगर – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले दशैंका लागि उपत्यका छाड्ने यात्रुका लागि सरकारले पर्याप्त वस सेवाको व्यवस्था मिलाएको बताउनुभएको छ ।

1475478184ramesh-lekhak

विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले केही दिनअघि दशैंका लागि राजधानी छाड्ने यात्रुहरुले वसको टिकट नपाएको गुनासो आएपछि सरकारले यातायात व्यवसायीसँग छलफल गरी दशैंमा थप बस चलाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।

गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन नमानेपछि बहुसंख्यक यात्रु टिकट अभावमा राजधानीबाट बाहिर जान वञ्चित बनेका थिए ।

सरकारले यातायात क्षेत्रमा देखिएको विकृती रोक्न सरकारले कडाई गर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया