Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

बर्दिया  – जेठाजुले हानेको ढुङ्गाले लागेर बर्दियामा एक महिलाको ज्यान गएको छ । पाताभार–८ का जवालसिंह ढकालले हानेको ढुङ्गाले लागेर भाइबुहारी मनसरा ढकालको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा रक्सी खाएका ढकालले ढुङ्गा प्रहार गर्दा बुहारी मनसराको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घटनापछि फरार रहेका जवालसिंहलाई राति नै कैलालीको टीकापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया