Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ ।

संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो,‘सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै छ । तर थारु, मधेसी र मगर समुदायको क्षेत्र मिलेको छैन, अलगअलग पर्न गयो ।

यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी छ ।’ संविधान घोषणा गर्दा केही विषयहरु छुटेको सबै पक्षलाई अनुभव भएको भन्दै उहाँले आधारभूत रुपमा मिलाइने बताउनुभयो । भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताउनुभयो । भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधि, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी, जनजातिका प्रथाजन्य कानुनलाई वैधानिकता दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रमुख राजनीतिक दल सम्बद्ध आदिवासी जनजातिका नेताहरु बालुवाटार पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया