Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

hundi

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी सन्तोष जैनको घरमा छापामारी ठूलो परिमाणमा अवैध रुपैयाँसहित पाँच जनालाई पक्रेको छ ।
घरबाट अबैध हुन्डी कारोवार गरेको आरोपमा छापामारी एक करोड ३२ लाख बराबरको चेक र नगदसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जैनको घरबाट हुन्डीमार्फत् मुद्राको अवैध ओसारपसार हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा हुन्डीका लागि जम्मा गरिएको करिब ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख बाराबरको चेकसहित कारोवारसँग जोडिएका अरु कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।
संचालक संतोषकुमार जैन र उनका श्रीमती उषा गोयन्का, अंकुर जैन, उनको फर्ममा काम गर्ने कर्मचारी सुनिल कुमार पटेल, जीवन ठाकुरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया