Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – दशैँमा काठमाडौँबाट बाहिरिने यात्रुका लागि आजबाट फेरी टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी आफूसँग भएका सबै गाडी सञ्चालन गर्न तयार भएपछि टिकट खुल्ला भएको हो । Ticket bokking

असोज ७ गते खुलाइएको बुकिङ केही दिनमा नै सकियो भनेपछि झन्डै ६ लाख यात्रुले घर जाने नपाउने स्थिति थियो । सरकारले नेपाली सेना, प्रहरी, स्कुल कलेजका बस प्रयोग गरेर भए पनि दसैँमा घर जान चाहने सबैलाई घर र्पुयाउने घोषणा गरेपछि यातायात व्यवसायी फेरि टिकट बुकिङ गर्न तयार भएका हुन् । सरकारको घोषणापछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा व्यवसायी बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तव्यमा र्पुयाउन सहमत भएका थिए ।

यसअघि व्यवसायीले क्षमताभन्दा बढी भार बोक्न पाउनु पर्ने, एकतर्फी इन्धनको व्यवस्था सरकारले गरिदिनु पर्नेलगायतका बखेडा झिकेर व्यवसायीले यात्रु नबोक्ने अडान राखेका थिए । यो सहमतिसँगै विद्यालय, सुरक्षा निकाय र अरू बस चलाउने योजना भने स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया