Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा जगदम्बा राइनोजले दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जगदम्बाले सगरमाथालाई ८ विकेटले हराएको हो । सगरमाथाले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य जगदम्बाले १७ दशमलव पाँच ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो ।

everest-premier-league

जगदम्बाका शुबेन्दु पाण्डेले ५२ बलमा नटआउट ७८ तथा कप्तान शक्ति गौचनले ३६ बलमा ३५ रन बनाए । सगरमाथाका सुनिल धमला र चन्द्र साउदले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा एक सय २७ रन बनायो ।

उसका लागि महबुब आलमले ३० बलमा नटआउट ४७ तथा शंकर रानाले ३६ बलमा २७ रन बनाए । यस्तै सन्दिप सुनारले १३ बलमा १३ तथा अनिल मण्डलले १२ बलमा १० रन बनाए । जगदम्बाका पवन शरार्फले तीन तथा शाह आलम र प्रेम तामाङले एक एक विकेट लिए ।

सगरमाथाले एउटा खेल पनि नजिति प्रतियोगिता टुंग्याएको छ । दुई खेल जितेको जगदम्बा तेस्रो तथा एक खेल पनि नजितेको सगरमाथा पुछारमा छ ।

तपाईको प्रतिक्रिया