शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

एजेन्सी – यदि कसैको जिब्रोको मूल्य १५ करोड छ भन्यो भने पक्कै पनि तपाइलाई विश्वास नलाग्न सक्छ । तर तपाईलाई विश्वास नलागेपनि यो सत्य हो । chocolategirl

थाहा भएकै कुरा हो, पुरुषको तुलनामा महिलाको जिब्रो शक्तिशाली हुन्छ र खानेकुराको स्वाद लिने मामिलामा उनीहरू अगाडि हुन्छन् भनेर पनि भनिन्छ । यही कारण यो दुनियामा महिलाहरूको जिब्रो यति महँगोसम्म हुँदो रहेछ । क्याबडरी कम्पनीमा काम गर्ने एक महिलाको जिब्रोको भाउ झन्डै १५ करोड रुपैयाँ छ ।

हाईले कर्टिस नामकी ती महिलाको काम भनेको नै मात्र चकलेटको स्वाद चाख्नु र चकलेट स्वादिलो रहे नरहेको बताउनु हो । यसका लागि उनलाई नियमित रूपमा तलब भत्ताको अतिरिक्त झन्डै १५ करोड रुपैयाँ बराबरको रकममा उनको जिब्रोको बिमा गरिएको छ ।

तपाईको प्रतिक्रिया