Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी) ले आज गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ ।

चन्दा सकंलन गरेको आरोपमा बुधवार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिनुभयो । उक्त पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो ।

पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरी वृत्तमै शुक्रवारदेखि आमरण अनशन बसेकामा शनिवार रिहा गरिएको हो । माओवादीका अध्यक्ष मोहन वैद्यले पक्राउ कार्यकर्तालाई प्रहरी वृत्तमै पुगेर जुस खुवाएर अनशन तोडाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया