Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – सङ्गठनात्मक विषयमा निर्णय लिन आज बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठक आइतबार पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सङ्गठनात्मक विषयमा छलफल भएको केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले जानकारी दिनुभयो । सङ्गठनका विषयमा सदस्यले धारणा राख्नेक्रम जारी रहेकाले बैठक आइतबार पुनः बस्ने गरी स्थगित गरिएको हो ।

बैठकमा तत्काल महाधिवेशन हुने सम्भावना नरहेकाले महाधिवेशन आयोजक समितिको सदस्य सङ्ख्या घटाउनेबारे छलफल भइरहेको छ । विभिन्न माओवादी घटकबीचको एकतापछि पुसमा महाधिवेशन गर्ने भन्दै केन्द्रले करिब दुई हजार ५०० सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो ।

महाधिवेशन स्थगित भएपछि त्यसलाई घटाएर सङ्गठनात्मक संरचना चुस्त, दुरुस्त बनाउनुपर्ने धारणा आजको बैठकमा सदस्यले राखेका थिए । पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री भएपछि सरकारको काममा प्राथमिकता दिनुपरेको भन्दै माओवादी केन्द्रले महाधिवेशन स्थगित गरेको थियो ।

तपाईको प्रतिक्रिया