Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लाहरुलाई टुक्र्याउने काम गरिए निर्णायक लडाइँ गर्ने चेतावनी दिनुभएको छ ।

top-bahadur-rayamajhi

शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा नेता रायमाझीले भन्नुभयो, ‘७ प्रदेशको टुंगो लागिसकेको छ, संविधानमा हाम्रा पनि केही रिजर्भेसनहरु थिए, तर सिमांकनको सामान्य हेरफेर बाहेक पहिल्यै मिलेर बसेका जिल्लाहरु टुक्र्याउने काम भयो भने हामी अर्को निर्णायक आन्दोलनमा उत्रिन्छौँ ।’

उहाँले प्रदेश सिमांकन मिलाउने नाममा पहिल्यै मिलेर बसेका जिल्लाहरुलाई अलग बनाएर क्षत विक्षत बनाउने काम भए नमान्ने र निर्णायक लडाइँ लड्ने बताउनुभयो । पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने भन्दै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाइँ लड्ने उहाँको चेतावनी छ ।

विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उहाँले  आरोप लगाउनुभयो । ‘भुईँको टिप्न खोज्दा, गोजीको खस्ला त्यतापट्टि सोच्नुपर्छ ।’ उहाँले आन्दोलन गरेर मात्रै सबै कुरा पाउने भए आफूहरुलाई पनि संविधानमा चित्त नबुझेको बताउँदै भन्नुभयो, ‘अरे, सबै कुरा आन्दोलन गरेर मात्रै हुने हो भने हाम्रा माग र विचारहरु पनि संविधानमा समेटिनुपर्छ, हामी पनि आन्दोलन गर्छौं ।’ रायमाझीले प्रश्न गर्नुभयो, ‘मधेसवादी दलको मात्रै किन ? हाम्रोपनि विषयमा संविधान संशोधन हुनुपर्छ ।’

विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरमा हात हाल्न नसक्ने अनि मिलेर बसेका जिल्लाहरुमा हात हाल्ने काम भए आफूहरु कुनै हालतमा नमान्ने बरु सशक्त आन्दोलनमा उत्रिने रायमाझीले चुनौति दिनुभयो । उहाँले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै संविधान संशोधनको लागि दुई तिहाई चाहिने भएकाले प्रमुख दलहरुबिच सहमति अनिवार्य आवश्यक रहेको बताउनुभयो । ‘हैसियत सानो छ अनि ठूलो कुरा गर्ने ?’ अहिले बजारमा आइरहेको यस्ता हल्लाले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भैरहेको रायमाझीको आरोप थियो ।

तपाईको प्रतिक्रिया