Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

ओखलढुंगा – सिद्धिचरण राजमार्गको हर्देनीमा पहिरो गएर सडक अवरुद्ध भएपछि ओखलढुंगामा खाद्यन्नसहित पेट्रोलियम पदार्थको अभाव भएको छ । ओखलढुंगा, काठमाडौं र तराईका जिल्ला जोड्ने सिद्धिचरण र मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि खाद्यन्न र पेट्रोलियम पदार्थको ढुवानी रोकिएको हो ।

यात्रुबाहक र मालबाहक गाडी नचलेपछि उपभोग्य वस्तु ढुवानी सँगै यात्रुलाई दसैँको मुखमा आवत जावत गर्न समस्या भएको छ । सडक अवरुद्ध भएको बहानामा व्यापारीहरुले उपभोग्य वस्तुमा भाउ बढाएका छन् ।

पेट्रोल पम्पमा पेट्रोल र डिजेल अभाव भएपछि ओखलढुंगाका आन्तरिक सडकमा संचालन हुने यातायात समेत सुचारु हुन सकेका छैनन् । सडक खुलाउन सडक विभागलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया