Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।

paryatan
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’का सवारीमा विदेशीलाई मात्र बोक्न पाइने भन्ने नियमले मुलुकको पर्यटन व्यवसाय धराशायी बन्ने खतरा औँल्याए ।

पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर व्यवस्थित गर्न हरियो प्लेटका सवारीले नेपाली बोक्न नपाउने गरी नयाँ व्यवस्था गर्न लागेको छ ।

यसरी हरियो प्लेटले विदेशी मात्र बोक्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पुग्ने व्यवसायीको भनाइ छ ।
साथै, उनीहरुले पर्यटक यातायातले अन्य सार्वजनिक सवारी साधनसरह सरकारलाई राजस्व बुझाएको भए पनि सहुलियत नदिएकामा गुनासोसमेत गरेका छन् ।

पोखरा यातायात समितिका अध्यक्ष बोवरजङ्ग गुरुङले हरियो प्लेटको लामो इतिहास रहेको र यसले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको भन्दै यसलाई कुनै हालतमा हटाउन नहुने बताउनुभयो । पर्यटन व्यवसायी दीपक महतले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाई बढी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न व्यवसायीबीचको एकता जरुरी भएको बताउनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामा हरियो प्लेटमा नेपाली बोक्न नपाइने नियमले नेपाली पर्यटन व्यवसाय धरापमा पर्ने बताउनुहुन्छ । तर सरकारी अधिकारीले भने व्यवसायीको हितलाई मध्यनजर गरी सहज र सुलभ सेवाका लागि सवारी नम्बर डिजिटल प्रणालीमा लैजान लागिएको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले व्यवसायीको हितमा हुने गरी नयाँ व्यवस्था गर्न लागिएको तर कस्तो व्यवस्था गर्ने भन्नेबारे अझै मन्त्रालय छलफलमै रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरी नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेकाले पर्यटकलाई गुणस्तरीय सेवाको सुनिश्चिताका लागि व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले हरियो प्लेटको पहिचानसहितको डिजिटल नम्बर प्रणाली लागू गर्दा व्यवसायीको अहितमा नहुने बताउनुभयो । उहाँले पर्यटक यातायातलाई एम्बुलेन्स जस्तै राज्यले संरक्षण गरी सुरक्षित र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन विभागका अधिकृत टङ्क भट्टराईले निजी क्षेत्रसँग साझेदारीका साथ सरकारले पर्यटक यातायातलाई व्यवस्थित बनाउन लागिपरेको बताउनुभयो । सङ्घमा आबद्ध ७५ कम्पनीका साना ठूला सवारी गरी करिब दुई हजार ५०० बस सञ्चालनमा छन् । त्यस्तै निजी क्षेत्रका करिब ७०० पर्यटक सवारी रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया