Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

खोटाङ – लगातार परेको वर्षाका कारण पहिरो जाँदा खोटाङको हलेसी-जयराम सडक अवरुद्ध भएको छ । वर्षापछि च्यास्मीटार र बाहुनीडाँडा क्षेत्रका पहिरो खस्दा बिहीबार बिहानदेखि नै सडक अवरुद्ध भएको हो ।

कदुवा, डङ्ठे खोला, बोझेओढार लगायत क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो । पाँच ठाउँमा पहिरो गएकाले अवरोध हटाउन दुई दिन लाग्ने अनुमान गरिएको छ ।

बाहुनीडाँडाको कदुवास्थित माले पहरामा सबैभन्दा ठूलो पहिरो गएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । सडक अवरुद्ध भएपछि हलेसी-सडक खण्डमा यातायातका कुनैपनि साधन सञ्चालन हुने सकेको छैन । सडकमा थुप्रिएको ढुंगा पन्छाउन सडक बिभागलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया