Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – दसैँका लागि अग्रिम टिकट बुकिङ गर्न बस टिकट काउण्टरमा सर्वसाधारणको भिड लागेको छ । शुक्रबार बिहानदेखि अग्रिम टिकट बुकिङ खुलाइएको हो ।

अहिले काठमाडौंका गौशाला, नयाँ बसपार्क, कलंकी, कोटेश्वर, सुन्धारा, बानेश्वर, चाबहिल लगायतका ठाउँबाट टिकट काट्ने काम भैरहेको छ । यी ठाउँमा यातायात व्यवस्था विभागका कर्मचारीले अनुगमन पनि गरिरहेका छन् ।

सरकारले यात्रुलाई परेका समस्या समाधानको लागि भन्दै नागढुंगा, कलंकी, स्वयम्भू, गौशाला, नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, सुन्धारामा, लगनखेल र बल्खु गरी १२ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।

यात्रुको चाप र परिस्थिति हेरेर गाडी थप्ने ब्यवसायीले बताएका छन् । यस्तै दसैँका लागि मुग्लिङ्ग–नारायणघाट सडकखण्ड विस्तारको काम आउँदो सोमबारदेखि ३० गतेसम्म रोक्ने निर्णय भएको छ । यसैगरी कलंकी–नागढुङ्गा र नागढुङ्गादेखि नारायणघाट सडक खण्डमा भएका खाल्डा खुल्डी पनि पुर्ने सहमति भएको छ । तर भनेजसरी काम नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया