Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गर्नुभएको हो । आचारसंहिता जारी गरेपछि संयुक्त रुपमा काउन्सिल अध्यक्ष कार्की र महासङ्घ अध्यक्ष विष्टले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता बुझाउनुभयो ।

आचारसंहिता जारी गर्दै काउन्सिलका अध्यक्ष कार्कीले बदलिँदो पत्रकारितासँग आमसञ्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायित्व बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताउनुभयो । उहाँले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी गराउनुभयो । ‘पहिलेको आचारसंहिता छापामाध्यममा बढी केन्द्रित थिया’ उहाँले भन्नुभयो ‘नयाँमा छापासँगै, रेडियो टेलिभिजन र अनलाइन माध्यमलाई पनि समेटेर तयार गरिएको छ ।’

अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराउनुभयो । नयाँ आचारसंहिता जारीसँगै पुराना ‘पत्रकार आचारसंहिता-२०६०’ संशोधन तथा परिमार्जित, २०६४ खारेज गरिएको छ । नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक अधिकारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सञ्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ । यसैगरी प्रत्येक सञ्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउन सक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया