Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

पथरी – विराटनगरको कलेज रोडस्थित साझा प्रकाशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुने भएको छ । नेपाली भाषा र साहित्यको विकासमा योगदान पुर्याउदै आएको साझाको सो कार्यलयबाट पुस्तक बिक्री हुन छाडेकाले बन्द गर्न लागिएको हो ।

saja

“राजनीतिक हस्तक्षपले गर्दा साझा उठन नसक्ने अवस्थामा छ ।” प्राज्ञ विवश पोखरेलभन्नुहुन्छ– प्रकाशनको विराटनगर शाखा लामो समयदेखि घाटामा छ । “ कार्यालय बन्द गर्दा साहित्यकारलाई नकारात्मक असर पर्छ ।”

साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मा भने बिक्री बितरणका काम ठप्प भएकाले सो कार्यालय बन्द गर्नाको विकल्प नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “साझाले पुस्तक प्रकाशन गरी बिक्री गरेर आम्दानी गर्ने हो तर विराटनगर शाखा सधैँ घाटामा छ ।” व्यवस्थापकीय कमजोरीका कारण कार्यालय घाटामा गएकाले यहाँको क्षेत्रीय कार्यालय धरानमा सार्ने उल्लेख गर्दै उहाँले धरानको कार्यालय अझैपनि आत्मनिर्भर छ तर यो कार्यालय सधैं घाटामा रहेकाले हाजिर गराएर मात्र कर्मचारी पाल्न सकिन्न भन्नुहुन्छ ।

विराटनगरसँगै दाङ, बुटवल र वीरगन्जको कार्यालय पनि बन्द गर्ने निर्णय भएको उहाँको भनाइ छ । “हामी तयारीमा छौं ।” उहाँ भन्नुहुन्छ “सम्भव भए दसँै अघि नभए दसैंपछि विराटनगरको कार्यालय धरानमा सार्छौं ।” निजी बजारसँग प्रतिस्पर्धा गर्न नसक्नु लज्जास्पद भएको चर्चा गर्दै स्थानीय उपभोक्तवादी संस्थाका अध्यक्ष उत्तम ढुङ्गेल बताउनुहुन्छ, “विराटनगरबाट साझा प्रकाशनको कार्यालय बन्द गर्नुभन्दा निजी बजारसँग प्रतिसपर्धा गर्ने गरी सञ्चालनमा ल्याउनु पर्छ ।”

तपाईको प्रतिक्रिया