Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

खोटाङ – गाउँ नजिकैबाट पहिरो झर्न थालेपछि खोटाङका नौ घर विस्थापित भएका छन् ।

हप्ता दिनदेखि लगातारको वर्षाका कारण पहिरोले गाउँ नै बग्न थालेपछि सुन्तले–४ का १६ घरमध्ये नौ घरपरिवार विस्थापित भएका हुन् । पहिरो झर्न थालेपछि नौ घरका ६६ जनालाई स्थानीय जनचेतना प्राविमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष रहेका स्थानीय पदम मगरका अनुसार गाउँको उत्तरतर्फबाट करिब ५०० मिटर मुनिबाट पहिरो झरिरहेको छ । पहिरोबाट विस्थापित परिवारको सुरक्षा र आवास व्यवस्थापनका लागि छिमेकी फाक्टाङ गाविसस्थित हुक्नाजोर प्रहरी चौकीबाट टोली खटाइएको प्रनाउ प्रधानले जानकारी दिनुभयो ।

त्यस्तै, भूपजीत तामाङ, दन्ड तामाङ, डम्बर तामाङ, सार्के तामाङ, शेरबहादुर तामाङ, शिव तामाङ, पदम तामाङ र मानबहादुर मगरको घरसमेत पहिरोको उच्च जोखिममा परेको स्थानीय सामाजिक परिचालक सरस्वती बञ्जराले बताउनुभयो ।

जिल्लाको अन्य स्थानमा समेत पहिरोले क्षति पु¥याएको र यकिन विवरण सङ्कलन भइरहेको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रजिअ चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया