Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – काठमाडौं उपत्यकाका निजी विद्यालयमा बिस्फोटक बस्तु राखेको आरोपमा पक्राउ परेका शंकर लाखे र चन्द्र तामाङविरुद्ध काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध जन्मकैदको सजाय माग गरिएको छ ।

उनीहरुमाथि बिस्फोटक पदार्थ र संगठित अपराध सम्बन्धी मुद्दा दायर गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।

घटनामा संलग्न अरुका बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि मंगलबार काठमाडौंका ११ वटा विद्यालयमा बिस्फोटक तथा शंकास्पद बस्तु राखेका थिए ।

तपाईको प्रतिक्रिया