Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

इनरुवा –सप्तकोसी नदीमा तत्कालका लागि डुङ्गा सञ्चालनमा रोक लगाइएको छ । बारम्बार दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले डुङ्गा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा शनिबार सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये नौ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ताको खोजी जारिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया