Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताउनुभएको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले शान्ति दिवसको अवसरमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्नेमा जोड दिनुभयो ।

यस्तै शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति लिने उहाँले बताउनुभयो । सेना समायोजनदेखि हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले सकिएकाले अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा उहाँको जोड छ ।

तपाईको प्रतिक्रिया