Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

धनकुटा– पहिरोले पुरिएर धनकुटाको पाख्रिवासमा एक महिलाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । रातिदेखि लगातार वर्षा भएका कारण बुधबार बिहान घर माथीबाट झरेको पहिरोले पाख्रिवास नगरपालिका-८ खोलाखर्ककी ५३ वर्षकी नरमाया कार्कीको ज्यान गएको हो ।

घर माथीबाट आएको पहिरोले उनको घर भत्काएको छ । नरमाया भत्किएको घरभित्रै पुरिएकी प्रहरीले जानकारी दिएको छ ।  नरमायाकै घरमा बास बसेका भोजपुर सानोदुङ्मा गाविस-७ का ७५ वर्षका कृपाध्वज राई घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनको पाख्रिबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक बिभुतिराज पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया