Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

2016-09-20-1काठमाडौँ – भूकम्पबाट अतिप्रभापति १२ जिल्लाका चार लाख ४७ हजार ३५९ घरधुरीसँग आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको क्रममा रहेका लाभग्राहीलाई बैंकमार्फत अनुदान हस्तान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग सम्झौता भइसकेको र तीमार्फत लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण गरिने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सहायक प्रवक्ता सीता परियारका अनुसार अनुदान सम्झौता हुने भूकम्पपीडित गोरखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, मकवानपुर, दोलखा र ललितपुरका रहेका छन् ।

त्यसैगरी हालसम्म प्रथम किस्ता भुक्तानी भएको घरधुरीको सङ्ख्या तीन लाख ७५ हजार ७१५ रहेको र गुनासो दर्ता १ लाख ६४ हजार ६ सय ८५ वटा रहेको मन्त्रालयका सहायक प्रवक्ता परियारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया