Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले मधेसी मोर्चाको सुझावअनुसार भ्रमण स्थगित गरिएको र दसैँअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान संशोधन प्रस्ताव दर्ता गर्नका लागि मात्रै नभएर यसले निकास दिनेगरी अघि बढाउन सरकार गम्भीर रहेको बताउँदै संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलबीच छलफल भइरहेको छ भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले संविधानमा असन्तुष्ट पक्षको चासोलाई सम्बोधन गर्नुपर्ने बताउँदै स्थानीय निकायको चुनाव घोषित मितिमै सम्पन्न गर्नका लागि पुरानै सङ्ख्यालाई आधार मानेर चुनावमा जानुपर्ने सुझाव दिनुभयो । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले एमालेबिना संविधान संशोधन हुनै नसक्ने हुँदा प्रमुख दल एक ठाउँमा आउनुपर्ने बताउँदै प्रदेशको सीमाङ्कन त्यहाँको जनतालाई नै सोधेर गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले मधेसी मोर्चाले भनेजस्तो नागरिकताको प्रावधान संशोधन हुनै नसक्नेमा पनि जोड दिनुभयो । नेकपा (एमाले)का नेता सत्यनारायण मण्डलले राष्ट्रिय राजनीतिमा एमालेलाई एक्ल्याउने काम भएकोमा चिन्ता व्यक्तगर्दै एमाले मधेस, पहाड र हिमालमै आधारित पार्टी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया