Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

hisan

काठमाडौं – उपत्यकाका विभिन्न विद्यालयहरुमा बम राखेर आतंक फैलाउनेहरुलाई तत्काल कडा कारबाही गर्न विद्यालय सन्चालकहरुले माग गरेका छन् ।
निजी तथा आवासीय विद्यालयहरुका छाता संगठन प्याब्सन, एन प्याब्सन र उच्च माध्यामिक विद्यालय संगठन (हिसान)ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आतंक फैलाउनेहरुमाथि कारबाही नभए विद्यालय सन्चालन गर्न नसक्ने बताएका हुन् । सो अवसरमा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले ‘शान्तिक्षेत्र भनिने विद्यालयहरुलाई निशाना बनाएर बारम्बार अक्षम्य अपराध भइरहँदा पनि राज्य निरीह बन्ने गरेको’ भन्दै आक्रोश पोखे ।
यस्तै, एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले ‘विद्यार्थीको सुरक्षामै समस्या हुने अवस्था उत्पन्न भएको भन्दै सरकारले सुरक्षाको प्रत्याभूति नगरे विद्यालय सन्चालन गर्न नसक्ने’ बताए । विद्यालय सन्चालकहरुले विभिन्न बहानमा विद्यालयमाथि हुने आक्रमणबाट हुने क्षतिमा सरकारले क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा एक समूहले मंगलबार बिहानै बम राखेको थियो भने दुईओटा विद्यालयअगाडि बम विस्फोट भएको थियो ।
काठमाडौं, बौद्धको आकाशद्धीप माध्यामिक विद्यालयमा र मनकामना माध्यामिक विद्यालयमा बम विस्फोट भएको थियो ।

तपाईको प्रतिक्रिया