Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

hawal-jeeटोकियो – नेपाली जनप्रगतिशील मोर्चा जापानको पाँचौ एकता अधिवेशनले हवलचन्द्र लामाको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सोमबार टोकियोमा भएको अधिवेशनसंगै नेकपा माओबादीका दुई भ्रात्तृ संगठनहरुबीच एकता भएको छ ।

अधिवेशनबाट तत्कालिन नेकपा एमाओबादी र नेकपा माओबादीको भ्रात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा र नेपाली जनप्रगतिशील मञ्चबीच एकता भई नेपाली जनप्रगतिशील मञ्च जापान कायम भएको छ । नेकपा माओबादी केन्द्रको संसारभरि रहेका भ्रात्तृसंगठनहरु मञ्चको नामले क्रियाशील रहेकोले अधिवेशनबाट एकता पछिको नाम मञ्च कायम गरिएको हो ।

अधिवेशनद्वारा सर्बसम्मत गठित ४९ सदस्यीय कार्यसमितिको पाँच जना उपाध्यक्षहरूमा हिमाल भट्टराई, मोहन पौडेल, रामु खड्का, रोशन श्रेष्ठ र लोकनाथ अधिकारी चयन भएका छन् भने महासचिवमा श्यामहरि पाण्डे, उपमहासचिवमा बाबुराम पौडेल, सचिवद्वयमा जनक सुबेदी र सरोज धिताल, कोषाध्यक्ष श्रवण सत्याल, सहकोषाध्यक्ष लेखनाथ शर्मा रहेका छन् ।

प्रमुख अतिथिको आसनबाट अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य देव गुरुङले जुनसुकै विचार र आस्था वा समुदायको ब्यक्ति भए पनि बिदेशमा नेपालीहरु एकैथलोमा उभिएर बृहत्तर एकता कायम गर्न आग्रह गरे । त्यही एकताको जगमा उभिएर मुलुक संकटमा परेको बेला प्रवासमा रहेका नेपालीहरुले सहकार्य गर्न अपिल गरे । यसैगरी अर्का नेता माओबादी केन्द्रका सचिवालय सदस्य लिलामणि पोखरेलले परिवर्तित सन्दर्भमा मुलुक निर्माणमा प्रवासी नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने धारणा ब्यक्त गरे । यसैगरी माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बिदेश बिभाग सचिव युवराज चौलागार्इँले बिदेशमा बसेका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप, दक्षता र पूँजी मुलुक निर्माणमा उपयोग गरिनुपर्ने र यस्ता कार्यमा संघसंस्थाहरुले भूमिका खेल्नुपर्ने बिचार ब्यक्त गरे ।

अधिवेशन समारोहमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,  मोर्चाका पूर्व अध्यक्ष बेलु थापा, प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, एनआरएन जापानका उपाध्यक्ष देवीलाल भण्डारी, नेपाली जनप्रगतिशील समाजका अध्यक्ष दिनेश शाही, अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक पदम ठगुन्ना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
मञ्चका नवनिर्वाचित अध्यक्ष लामाको सभापतित्वमा भएको सो अधिवेशन समारोहमा उपाध्यक्ष लोकनाथ अधिकारीको स्वागत मन्तब्य रहेको थियो भने महासचिव श्यामहरि पाण्डेको सञ्चालन रहेको थियो ।

अधिवेशनको बन्द सत्रले निबर्तमान महासचिव हिमाल भट्टराईले प्रस्तुत गरेको सांगठानिक राजनैतिक प्रतिबेदन र निबर्तमान कोषाध्यक्ष मोहन पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनलाई पारित गरेको थियो भने निबर्तमान उपाध्यक्ष रामहरि पुँडासैनीद्वारा प्रस्तुत सामान्य बिधान संशोधन प्रस्ताव पनि पारित गरिएको छ । बन्द सत्रको क्रममा नेता त्रयले कार्यकर्ताहरुलाई प्रशिक्षण पनि दिएका थिए ।  ***

तपाईको प्रतिक्रिया