Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

Tamang Samajटोकियो-नेपाल तामाङ समाज जापानले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ‘डम्फु साँझ’ कार्यक्रम गर्ने भएको छ ।
आगामी अक्टोबर २ तारिक आइतवार स्थानीय कलाकारहरूको प्रस्तुतीमा डम्फु साँझ गर्न लागेको हो ।
नमस्ते गीत गजल रेष्टुरेन्ट सिनअोकुबोमा बेलुकी ५ बजेदेखि ११ बजेसम्म हुन गईरहेको कार्यक्रम तामाङ भाषा, धर्म, कला र संस्कृतिको संरक्षणको लागि भएको कार्यक्रम संयोजक समेत रहेका तामाङ समाज जापानका उपाध्यक्ष संजीव स्याङतानले समुद्रपारिलाई बताउनुभयो ।
जापानमा रहेका तामाङ दाजुभाइ तथा दिदीवहिनीहरू लगायत सम्पूर्ण नेपालीहरूलाई उक्त डम्फुसाँझमा उपस्थितिको लागि तामाङ समाज जापानले अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया