Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

वासिङटन डिसी – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालले आफ्नो धारणा स्पष्ट रुपमा राखेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन आइतबार न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री डा महतले जनसम्पर्क समिति अमेरिकाले वासिङटनमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “भारतमा हामीले नेपालको हित र राष्ट्रिय स्वार्थका धेरै कुरा राखेका छौँ र यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम सुरु भएको छ । ” सो भ्रमणपछि नेपाल भारतबीचका धेरै कुरामा स्पष्टता आएको र द्विपक्षीय हित, सहयोग र सहकार्यका धेरै पक्षमा नेपालले कुरा राखेको उहाँले बताउनुभयो ।

“नेपालका सबैभन्दा नजिकका दुई छिमेकी देश चीन र भारतका आआफ्ना विशेषता छन्, नेपालले यही संवेदनशीलतालाई बुझेर समान व्यवहारमा आफ्नो परराष्ट्र नीतिको तर्जुमा गर्दछ ”, उहाँले भन्नुभयो ।

मन्त्री डा महतले भारतले नेपालको संविधानको स्वागत गर्न नमानेको भन्ने भनाइ गलत हो भन्दै भारत भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यमा संविधानसम्बन्धी विषयमा भारतीय पक्षबाट स्पष्ट धारणा आइसकेको बताउनुभयो ।

आफ्नो सम्बोधनका क्रममा मन्त्री डा महतले विदेशी भूमिमा रहेका नेपालीलाई प्रवाससम्म पुग्न र आफ्नो हैसियत निर्माण गर्नका लागि आफ्नो मातृभूमिले नै योग्य बनाएको हो भन्दै मातृभूमि सम्झेर सबै तवरले सहयोग गर्न प्रवासी नेपालीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा रहेर ज्ञान र सीप आर्जन गरिरहेका तपाईँहरुको क्षमताको उपयोग गर्ने रणनीति तर्जुमा गरिने छ, तपाईँहरुले आफ्नो जन्मभूमि सम्झेर काम गर्नुहोस् ।”

मन्त्री डा महतले प्रवासमा जनसम्पर्क समितिमा रहेकाहरुलाई सङ्गठनको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न पनि निर्देशन दिनुभएको थियो । स्वदेशमा एक अर्को दलमा समेत सद्भाव कायम हुँदै अगाडि बढेको तर प्रवासमा आफ्नै सङ्गठनभित्र समेत विभिन्न हिसाबले मतमतान्तर हुनु बिडम्वना भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया